सोमबार, १९ साउन २०८२

अहिलेको परिवर्तनमा स्व बगालेको महत्त्वपूर्ण योगदान छः सभापति देउवा

समयपोष्ट २०८२ साउन १८ गते ११:५८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिवर्तन प्राप्तिमा स्व चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । आज बगालेको निवास भरतपुर महानगरपालिका-४ त्रिचोकमा आयोजित श्रद्धाञ्जली सभामा उहाँले हरेक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

कांग्रेसले पार्टीमा योगदान दिने र त्याग गर्नेहरूलाई सधैँ सम्मान गर्ने सभापति देउवाले बताउनुभयो । अग्रजहरूको सपना पूरा गर्नका लागि पार्टी नेतृत्व सधैँ तयार रहेको भन्दै उहाँले पार्टीले पुराना नेताको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

विसं १९८६ पुस १५ गते लमजुङको साविक सूर्यपाल गाउँविकास समिति नं ८ मा जन्मनुभएका बगालेको विसं २०८२ साउन १० गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री