मंगलबार, ६ साउन २०८२

सेयर बजारमा उच्च अंकको करेक्सन, २८९४.५७ बिन्दुमा झर्यो नेप्से

समयपोष्ट २०८१ भदौ ९ गते १५:३७

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पहिरो गएको छ ।

आज नेप्से परिसूचक ७९.८८ अंकले घटेर २ हजार ८९४.५७ को बिन्दुमा झरेको हो । सेन्सेटिभ इण्डेक्स १४.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७९ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार १९ अर्ब १६ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३३३ स्टकको २ लाख १८ हजार ५७८ पटकको कारोबारमा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँ बराबरको ४ करोड २६ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। लघुवित्त उपसमूहको परिसूचक १.०८ प्रतिशत बढेको छ। लगानी उपसमूहको परिसूचक सर्वाधिक ३.८३ प्रतिशत घटेको छ। त्यस्तै, बैंकिङ्ग, वित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

आज ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने धौलागिरी लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८४ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, हिमालयन रि इन्स्योरेन्सको करिब साढे ७३ करोडको शेयर कारोबार भएको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको करिब ५२ करोडको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री