आइतबार, ९ कार्तिक २०८२

३६.९१ प्रतिशतले बढ्यो एशियन लाइफको खुद नाफा

समयपोष्ट २०८१ साउन ३० गते ८:५९

Advertisement

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ३६.९१ प्रतिशतले वृद्धि भएको हो ।

असार मसान्तसम्ममा कम्पनीले ८ अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १४.७५ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २० करोड १५ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ६२ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

Advertisement

कम्पनीले यस अवधिमा ७ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १४.७६ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ७२ करोड ७५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड ५४ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९.६६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ११८.०७ रुपैयाँ रहेको छ ।

३ अर्ब ३९ करोड शेयर पूँजी भएको कम्पनीको महाविपत्तीकोषमा २२ करोड ७२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ३४ करोड ९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७९ /८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ३७ अर्ब ६६ करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असारमसान्तको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १४.१५ प्रतिशतले वृद्धि भएर ४२ अर्ब ९९ करोड पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री