आइतबार, २९ असार २०८२

नेपाल रिको खुद नाफा ५१ करोड ५८ लाख

समयपोष्ट २०८१ साउन २८ गते ८:५३

Advertisement

नेपाल पुनर्बीमा कम्पनी(नेपाल रि) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३.४९ प्रतिशतले कमी हो। अघिल्लो आवमा भने कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा गत असारसम्ममा कम्पनीले को खुद बीमाशुल्क अन्तर्गत ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले गत वर्ष खुद दाबी भुक्तानी ३ अर्ब ६३ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६७ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६३ पैसा घटेर ४.३ रुपैयाँमा झरेको छ।

Advertisement

कम्पनीले विशेष जगेडा कोषमा ३ अर्ब ९२ करोड रुपैयाँ सञ्चित गरेको छ भने महाविपत्ती कोषमा २७ करोड ६३ लाख रुपैयाँ सञ्चित गरेको छ । यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ्गमा १ अर्ब ८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड ८० लाख रुपैयाँ छ।

कम्पनीको गत आवसम्ममा मूल्य आम्दानी अनुपात १९२.५५ गुणा छ भने प्रतिशेयर नेटवर्थ १४७.४५ रुपैयाँ छ।कम्पनीको चुक्तापूँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री