सोमबार, ५ साउन २०८२

९४ अंकले बढ्यो नेप्से, कारोबार रकम हालसम्मकै उच्च

समयपोष्ट २०८१ साउन २७ गते १५:३०

नेप्से परिसूचक ९४ दशलमव ५३ अंकले बढेर २,८६० को विन्दुमा पुगेको छ ।

आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको सेयर कारोवार भएको छ । यो अहिलेसम्मकै बढी रकमको कारोबार हो ।

२२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ ।

१० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ वटा कम्पनीको मूल्य सर्किट तहमा कारोबार भएको छ ।
कुथली बुखरी स्मल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज एनएचपीसी, नेरुडे मिर्मिरे लघुवित्त, हाइड्रोइलेक्ट्रीसीटि एण्ड इन्भेष्टमेन्ट, खानीखोला हाइड्रो, आँखुखोला जलविद्युत, अपर तामाकोशी, शुभव पावर, आत्मानिर्भर लघुवित्त, मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज २१ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री