बुधबार, ३२ असार २०८२

प्रभु महालक्ष्मी लाइफको ‘बिजनेश एक्सिलेन्स समिट–२०८१’ सम्पन्न

समयपोष्ट २०८१ साउन २२ गते १२:५२

Advertisement

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘बिजनेश एक्सिलेन्स समिट–२०८१’ सम्पन्न भएको छ । कम्पनीले विभिन्न शाखा प्रमुख र उच्च व्यवस्थापकको उपस्थितिमा समिट आयोजना गरेको हो ।

कार्यक्रम साउन १८ देखि २० गतेसम्म चितवनको नारायणगढमा सञ्चालन भएको हो । उक्त कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा प्रमुखहरूलाई सम्मान गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कार्यसम्पादनमा आउन सक्ने चुनौतीलाई अवसरको रूपमा परिणत गरी अगाडि बढ्न हौसला प्रदान गरे ।

कम्पनीका नायब महाप्रबन्धक सोनबहादुर मगरले आगामी वर्षको व्यावसायिक रणनीति, विक्री कला, बीमा बजार लगायत समग्र बीमा क्षेत्रको बारेमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बासडर मनोज गजुरेलको रोचक प्रस्तुति थियो । त्यसैगरी, मोटिभेसनल कोच बिके विजयराज सिग्देलको उत्प्रेरणात्मक सेसन रहेको थियो ।

Advertisement

कम्पनीका सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलको कृतज्ञता ज्ञापनसहित समापन गरिएको कार्यक्रमको सञ्चालन योगेन्द्रप्रसाद खतिवडाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री