शुक्रबार, २ साउन २०८२

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई अर्घाखाँचीको “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची” र “छाँया अस्पताल ”मा विशेष छुट

समयपोष्ट २०८० भदौ १२ गते १६:५४

मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची प्रा. लि.” र “छाँया अस्पताल प्रा. लि ” सँग छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले एभरेष्ट ओल्ड होटेलको एकोमोडेसन एण्ड फुडमा विशेष १० % सम्म र छाँया अस्पताल प्रा. लि को विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १० % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री