बिहीबार, ११ असोज २०८०

हिमालयन बैंकको हिमालयन म्युचुअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” भोलिदेखि निष्काशन हुने

समयपोष्ट २०८० साउन ३१ गते १७:३५

Advertisement

हिमालयन बैंक लिमिटेड कोष प्रवद्र्घक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” निष्काशन हुने भएको छ । यस योजनाको लगानी व्यवस्थापन, धितोपत्र बोर्डबाट इजाजत प्राप्त, हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले गर्ने कम्पनीले जनाएको छ ।

सन १९९३ मा स्थापना भई बिगत ३० वर्षदेखि आफ्ना ग्राहक वर्गमा विभिन्न सेवा प्रदान गर्दै आएको हिमालयन बैंक लिमिटेड देशको अग्रणी वित्तिय संस्था मध्ये स्थापित हुन सफल रहेको छ । कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले यस सामुहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुंजी बजारको नविनतम तथा उत्तम अभ्यासहरू अपनाई गर्नेछ ।

यस योजनाको प्रति इकाई अंकित मूल्य रु.१० को दरले १०,००,००,००० (अक्षरेपी दश करोड) इकाईले हुन आउने कुल रकम रु.१,००,००,००,००० (अक्षरेपी एक अर्ब रुपैंया मात्र) बराबरको हुनेछ । जसमध्ये न्यूनतम १,५०,००,००० (अक्षरेपी एक करोड पचास लाख) इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाईहरु कोष प्रवद्र्घक, हिमालयन बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ८,५०,००,००० (आठ करोड पचास लाख) इकाईहरु स्वीकृत विवरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक रुपमा श्रावण ३१ गतेदेखि भाद्र ४ (बैंकिङ्ग समय सम्म) र ढिलोमा भाद्र १५ गते (बैंकिङ्ग समय सम्म) सम्म निष्कासन तथा बिक्री खुल्ला हुनेछ ।

यस “हिमालयन ८०–२०” नामक योजनाको कुल लगानी मध्ये ८०% (अस्सी प्रतिशत) पुंजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २०% (बीस प्रतिशत) पुंजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरि लगानी कर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री