बुधबार, ३२ असार २०८२

१६.७० प्रतिशतले बढ्यो नेपाल बैंकको खुद नाफा

समयपोष्ट २०८० साउन २० गते १०:४२

Advertisement

नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १६.७० प्रतिशतले नाफा वृद्धि गरेको छ ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.८३ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३३.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २१.१९ प्रतिशत बढेको छ।

Advertisement

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर ६ रुपैयाँ ६२ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ६.६२ प्रतिशत रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ९२ पैसा बढेर २३ रुपैयाँ २२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १०.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा रहेको छ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २४.७२ प्रतिशत बढेको छ भने कर्जा लगानी ४.३२ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री