बुधबार, ५ वैशाख २०८१

बजाजले जुटायो १६ करोड

समयपोष्ट २०७३ साउन २४ गते ७:१२

काठमाडौं । बजाज अटो इन्डियाले नेपालमा पुनःनिर्माण तथा पुनःस्थापनाका लागि १६ करोड रुपैयाँ सहयोग गरेको छ । यो रकम भारतीय प्रधानमन्त्री राहत कोÈमार्फत नेपालको प्रधानमन्त्री राहत कोÈमा जम्मा गर्ने बताइएको छ । कम्पनीले गरिब तथा स्वरोजगार महिलाका लागि काम गरिरहेको सेवा नामक एनजीओलाई ८० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । यो एनजीओ ललितपुरको खोकना गाउ“मा केन्द्रित छ । बजाज अटो अन्तर्राष्ट्रिय व्यापार शाखा अभ्यक्ष राकेश शर्माले अकल्पनीय प्राकृतिक विपत्ति सामना गर्नुपरेको नेपालमा आफूहरूले गरेको सानो सहयोगले केही राहत मिल्ने विश्वास व्यक्त गरे ।
बजाज भारतको ठूलो कर्पोरेट हाउस हो, जुन विभिन्न व्यवसायमा संलग्न छ । नेपालमा बजाज मोटरसाइकल हंसराज हुलासचन्द एन्ड कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘राष्ट्रको पुनःनिर्माण र पुनःस्थापनाका लागि बजाजले गरेको अमूल्य योगदानप्रति हामी धेरै कृतज्ञ छौं, हामी बजाजसग सहकार्य गर्न पाएकोमा अत्यन्त आभारी छौं र हामी यो संस्थाको नेपालमा राहत वितरणका लागि समर्थन गर्ने प्रतिबद्धता जनाउछौं ।’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री