आइतबार, २३ वैशाख २०८१

‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ अफर सार्वजनिक

समयपोष्ट २०७९ भदौ १५ गते १७:२४

Advertisement

दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले एक अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिने जनाइएको छ ।

साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रू.२५,००० (पच्चिस हजार रुपैयाँ) उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रू. १०,००,००० (रुपैयाँ दश लाख) उपहार स्वरूप प्रदान गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बुधवार पानीपोखरी काठमाडौंस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत उक्त अफर सार्वजनिक गरिएको हो । अफर सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्राण्ड एम्बासडर दीपकराज गिरी, आइएमई ग्रुपका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेललगायत ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री