शनिबार, २२ वैशाख २०८१

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टरसिप

समयपोष्ट २०७९ भदौ ८ गते १६:३३

Advertisement

नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।

नेपाल भर बाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका छन्।

सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिनेछ ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छन्ः

Advertisement

-आशिष शाह, धनुषा, शिक्षा प्राविधिक
-विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता
-दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
-निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर
-राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
-सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता

प्रतिक्रिया

सम्बन्धित सामाग्री