कुमारी बैंकको “११% केविएल डिवेन्चर २०८९” निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृति

कुमारी बैंक लिमिटेडले दस वर्षे अवधि तथा वार्षिक ११% व्याजदर भएको “११% केविएल डिवेन्चर २०८९” को रु.१,००० अंकित दरको ३०,००,००० कित्ता ऋणपत्रको निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट मिति २०७९ भाद्र १ गते स्वीकृति प्राप्त गरेको छ ।

Advertisement

उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ । यस ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सार्वसाधारणका लागि निष्काशन गरिने १२,००,००० कित्ता ऋणपत्र मध्ये सामुहिक लगानी कोषलाई छुट्ट्याएको ५% अर्थात् ६०,००० कित्ता ऋणपत्रको लागि ३ वटा सामुहिक लगानी कोषबाट कूल ९५,००० कित्ताको लागि आवेदन प्राप्त भएको हुँदा सो लाई समानुपातिक आधारमा बाँडफाँड गरिएको छ ।

यस सार्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्ता देखि अधिकतम १२,००,००० आवेदन दिन सक्नुहुनेछ । लगानीकर्ताहरुले यस ऋणपत्र श्री नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त ऋ(ब्क्द्यब् मा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नुहुनेछ ।

आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिङ्ग ईकाई तथा २६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री