
सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई चिनियाँ कम्पनीसहित १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले बुधबार एक सूचना जारी गर्दै समयमा काम सम्पन्न नगर्ने दुई चिनियाँ कम्पनीसहित १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।
१० कम्पनीमध्ये ६ वटा कम्पनीलाई १–१ वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै, एउटा कम्पनी साढे २ वर्षका लागि र बाँकी ३ वटा कम्पनी ३ वर्षका लागि कालोसूचीमा परेका हुन् ।










प्रतिक्रिया