सुनको मूल्य घट्यो

सुनको मूल्य आज पनि घटेको छ ।

Advertisement

मंगलबार सुन तोलामा तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले घट्दै ९५ हजार रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले नै घट्दै ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घट्दै एक हजार १६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री