आइतबार, २३ वैशाख २०८१

कामु प्रधानन्यायाधीशबाट सञ्चालक पुष्करद्वारा राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा शपथ ग्रहण

समयपोष्ट २०७९ भदौ १ गते १९:१८

Advertisement

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रूपमा शपथ लिनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।

सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका कामु मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थी, रजिष्ट्रार निर्मला पौडेल, सह–रजिष्ट्रारद्वय विमल पौडेल र नारायणप्रसाद रेग्मी, राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीको उपस्थिति थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री