मंगलबार, २५ वैशाख २०८१

नेपालले भारतबाट गर्ने विद्युतको आयात २९.१२ प्रतिशतले घट्यो

समयपोष्ट २०७९ भदौ १ गते १२:१२

Advertisement

नेपालको आन्तरिक उत्पादन वृद्धि भएसंगै भारतबाट हिउँदमा आयात गर्ने विद्युत २९.१२ प्रतिशतले घटेको छ।

आब २०७७/७८ मा २१ अर्ब ८२ करोडको विद्युत आयात भएकोमा आब २०७८/७९ मा १५ अर्ब ४६ करोडको विद्युत आयात भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार गत आवमा आयात गरेको विद्युतबाट निर्यात गरेको विद्युत घटाउँदा खुद आयात १ अर्ब ५ करोड युनिट अर्थात् ११ अर्ब ५८ करोड रुपैयाँको मात्र खुद आयात भएको छ।

प्राधिकरणका अनुसार आव २०७८/०७९ मा देशभरमा विद्युत प्रयोग गर्ने ग्राहक संख्या सामुदायिकसहित ५३ लाख पुगेको छ। यसैगरी प्राधिकरणले गत आवमा चुहावट नियन्त्रणमा पनि राम्रो सफलता हासिल गरेको दाबी गरेको छ। प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट विद्युत चुहावट १५.३८ प्रतिशतमा झारेको प्राधिकरणको दाबी छ।

Advertisement

आर्थिक वर्ष २०७२/०७३ मा विद्युत प्रणालीमा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर आर्थिक वर्ष २०७६/०७७ मा १५.२५ प्रतिशतमा झारेको तर आर्थिक वर्ष २०७७/०७८ भने बढेर १७.१८ प्रतिशत पुगेको प्राधिकरणको तथ्यांक छ।

आर्थिक वर्ष २०७८/०७९ मा चुहावट नियन्त्रणका लागि चालिएका कदम प्रभावकारी भएका कारण चुहावट १५.३८ प्रतिशतमा झरेको छ। चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणलाई अघिल्लो वर्षको तुलनामा करिब दुई अर्ब रुपैयाँ थप आम्दानी भएको भन्दै प्रमुख घिसिङले प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको बताउनुभयो। आर्थिक वर्ष २०७७/०७८ मा ६ अर्ब १० करोड खुद नाफा गरेको प्राधिकरणले आर्थिक वर्ष २०७८/०७९ मा १६ अर्ब ९ करोड पुग्ने अनुमान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री