आइतबार, ६ जेठ २०८१

१० अर्ब लागतमा राप्ती करिडोर निर्माण हुने

समयपोष्ट २०७९ साउन ३१ गते १२:२०

Advertisement

नेपाल सरकार शहरी विकास मन्त्रालय र एशियाली विकास बैंकको संयुक्त लगानीमा राप्ती करिडोर निर्माण हुने भएको छ ।

करिब १० अर्ब लागतमा भालुवाङदेखि बाँकेको अगैयासम्म करिडोर निर्माण हुने करिडोरको शहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका छन् ।

सहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठका अनुसार २१ मिटर चौडाइको करिडोर राप्ती नदीको दुवै किनारमा बन्ने छ ।

नदीको उत्तरी अथवा राप्ती गाउँपालिका क्षेत्रमा ६७.५० किलोमिटर र दक्षिणी अथवा गढवा गाउँपालिका क्षेत्रमा ६८.३० किलोमिटर गरेर कुल १ सय ३५ किलोमिटर क्षेत्रमा कोरिडोर बन्ने श्रेष्ठले बताए । यस करिडोरसँग चारवटा शहरको परिकल्पना गरिएको छ । हाल रहेको पूर्वको भालुवाङसँगै त्यसको पश्चिम तर्फ क्रमशः गढवा, राजपुर र बाँकेको अगैयामा नयाँ ठूला सहरको विकास गरिने मन्त्रालयका महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

Advertisement

लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश राजधानी कार्यान्वयनका लागि राप्ती नदी सभ्यतामा आधारित नयाँ सहरको परिकल्पना गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन अनुसार नदी उकास क्षेत्रमा ल्याण्ड पुलिङको आधारमा नयाँ सहर बसाइने छ । दाङको राप्ती गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९ तथा दाङकै गढवा गाउँपालिका वडा नं १, २ र ३ को ४ सय ८० वर्गकिलोमिटर क्षेत्रमा पूर्वाधारहरु बनाइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री