बिहीबार, १३ वैशाख २०८१

भारत लोकतन्त्रको जननी : मोदी

समयपोष्ट २०७९ साउन ३० गते १०:३२

Advertisement

भारतले आज स्वतन्त्रताको ७५औं वर्ष मनाउँदै छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा भारत लोकतन्त्रको जननी भएको बताएका छन् ।

‘हामी बापु, नेताजी सुभाषचन्द्र बोस, बाबासाहेब अम्बेडकर, वीर सावरकरलाई धन्यवाद दिन्छौं, जसले देशको स्वतन्त्रताको लागि आफ्नो जीवन अर्पण गरे’, प्रधानमन्त्री मोदीले भने ।

प्रतिष्ठित स्मारकको पर्खालबाट लगातार नवौं स्वतन्त्रता दिवसको भाषण दिन लाल किल्लामा आइपुग्दा प्रधानमन्त्रीले अन्तर-सेवा र प्रहरी गार्ड अफ अनरको निरीक्षण गरेका थिए ।

‘यस विशेष स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द !’ प्रधानमन्त्री मोदीले आज बिहान ट्वीट गरेका छन् । राजघाटस्थित महात्मागान्धीको समाधीमा श्रद्धान्जली अर्पण गरेर स्वतन्त्र दिवसको सुरुवात भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री