शुक्रबार, १६ चैत २०८०

बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै

पत्रपत्रिका २०७९ साउन ३० गते ६:१४

Advertisement

पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्ममा बीमाको पहुँच (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमासहित) ४१.२० प्रतिशत पुगेको हो ।

आव २०७७/७८ को तुलनामा गत आर्थिक वर्ष १३.६८ प्रतिशतले बीमा पहुँच बढेको हो । २०७८ को असार मसान्तसम्ममा बीमाको पहुँच २७.५२ प्रतिशत जनसङ्ख्यामा पुगेको थियो ।

आव २०७८/७९ को असार मसान्तसम्ममा जीवन बीमालेखको सङ्ख्या पनि ५२ प्रतिशतले बढेको छ । २०७९ को असारसम्म यस्तो जीवन बीमालेख एक करोड ३० लाख ९९ हजार ६३२ रहेको छ । २०७८ को असारमा जीवन बीमालेख ८६ लाख १२ हजार ८५० रहेको थियो ।

यस्तै निर्जीवन बीमा लेख सङ्ख्यामा भने २.०६ प्रतिशतको मात्रै वृद्धि भएको छ । २०७९ असार मसान्तसम्ममा २७ लाख ८८ हजार १८ रहेको निर्जीवन बीमालेख २०७८ असारमा २७ लाख ३१ हजार ७७३ रहेको थियो । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री