बिहीबार, १५ चैत २०८०

आठ ८ करोड थान मतपत्र छाप्ने तयारी

पत्रपत्रिका २०७९ साउन ३० गते ५:३७

Advertisement

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ ।

आयोगले एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभातर्फ सोहीअनुसार गरी चारवटा मतपत्रमा मतदान गर्नेगरी कुल ८ करोड मतपत्र छाप्ने तयारी गरेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एक जना मतदाताले चारवटा मतपत्रमा मतदान गर्ने गरी आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री