मन्त्रिपरिषद बैठक : राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत, यस्ता छन् चौबिस निर्णय
समयपोष्ट
२०७९ साउन २९ गते १३:५५
चालु आर्थिक वर्ष २०७९/८० को नयाँ तलबमान र ग्रेड स्वीकृत भएको छ ।
साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले २०७९/८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यही साउन १ देखि लागु हुने गरी २०७९/८० को नयाँ तलबमान र ग्रेड स्वीकृत भएको जानकारी दिए ।
चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा साउन १ देखि लागु हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाउने उल्लेख छ।
प्रतिक्रिया