शुक्रबार, १६ चैत २०८०

आइएमई जनरल इन्स्योरेन्सद्वारा आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग

समयपोष्ट २०७९ साउन २५ गते १८:०३

Advertisement

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

कम्पनीले बुधबार नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई कमजोर आर्थिक स्थिति भएका क्यान्सर बिरामीहरुको उपचारार्थ दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।

आज एक कार्यक्रमकाबिच कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गर्नुभयो ।

सोही अवसरमा अस्पतालबाट आर्थिक रुपले विपन्न नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका शेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री