बिहीबार, १३ वैशाख २०८१

ज्योति लाईफद्वारा मर्जर प्रस्ताव पारित, संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने

समयपोष्ट २०७९ साउन २४ गते २१:१०

Advertisement

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसंग गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक संझौतापत्रको मस्यौदालाई स्वीकृति गरेको छ ।

मंगलवार कम्पनीको विशेष साधारण सभाले उक्त मस्यौदालाई स्वीकृति गरेको हो ।

उक्त साधारण सभाले नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने निर्णय गरेको छ । साथै संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि संचालक समितिबाट मर्जर समिति गठन गरिएको निर्णय सभाले अनुमोदन गरेको छ ।

साधारण सभाले सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन समेत गरेको छ ।

साधारण सभाले कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरिक्षकको नियुक्ती गर्ने सम्बन्धमा कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन कार्य (DDA) गर्नका लागि संचालक समितिबाट मुल्याङ्कनकर्ता नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने गरि भएको निर्णय अनुमोदन गरेको छ ।

ज्योति लाईफले सो सभामा कम्पनी एक आपसमा गाभ्ने, गाभिने सँग सम्बन्धीत प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रकृयाहरु पुरा गरि अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने निर्णय गरेको छ । ज्योति लाईफले सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम बिवरणहरु उपलब्ध गराउने लगायत मर्जर सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा समेत निर्णय गरेको छ । साथै कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०:३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन (Conversion) गरि कम्पनीको शेयर स्वमित्व संरचना ५१:४९ प्रतिशतको अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री