मंगलबार, ६ चैत २०८०

हरिणको आक्रमणमाबाट वृद्धाको मृत्यु

समयपोष्ट २०७९ साउन २४ गते ९:४३

Advertisement

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जान आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री