बुधबार, २६ वैशाख २०८१

मंगलम पाइप्सको डिलरहरुद्वारा मंगलम इन्डस्ट्रिजको अवलोकन

समयपोष्ट २०७९ साउन १९ गते २१:०२

Advertisement

नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौंस्थित डिलरहरुले रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् ।

डिलरहरुले गत शुक्रबार फ्याक्ट्रीको अवलोकन गरेका हुन् । उनीहरुले असार १८ गते पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन गरेका थिए।

उद्योगमा भएका अत्याधुनिक उपकरणहरु र उत्पादन प्रकृयाको बारेमा प्रत्यक्ष अनुभव दिने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको मंगलम पाइप्सले जनाएको छ ।

उक्त अवलोकन भ्रमणमा मंगलम पाइप्सका प्रबन्ध निर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्य लगायत उपस्थित डिलरहरुको सहभागिता रहेको थियो । उक्त अवलोकन भ्रमण लुम्बिनीको पवन प्यालेसमा एक अन्तरक्रियात्मक कार्यक्रमको साथ समापन गरिएको थियो।

Advertisement

अवलोकनको बारेमा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने , “यो अवलोकन कार्यक्रम आयोजना गर्न पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौँ। हाम्रा उपभोक्ताहरुको आवश्यकता र रोजाइ बुझ्ने पहिलो माध्यम नै हाम्रा डिलरहरु हुन्। आफ्नो महत्त्वपूर्ण समय निकालेर अवलोकन गर्न आइदिनु भएकोमा उहाँँहरुलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ । उहाँँहरुको सक्रिय सहभागिताले हामीलाई भविष्यमा पनि यस्तो अवलोकन कार्यक्रम आयोजना गर्न हौसला मिलेको छ र पक्कै पनि हामी यस्ता कार्यक्रमहरु आयोजना गर्दै जानेछौँ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री