बुधबार, १९ वैशाख २०८१

२ अर्ब नाघ्यो कुमारी बैंकको खुद नाफा

समयपोष्ट २०७९ साउन १८ गते ९:३७

Advertisement

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.८७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ४.४८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ।

Advertisement

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ७ पैसा बढेर १९ रुपैयाँ २७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९.९२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष २९.१४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २१.२१ प्रतिशत र कर्जा ११.२२ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री