शुक्रबार, १४ वैशाख २०८१
समयपोष्ट २०७८ साउन १९ गते १७:५३

Advertisement

कोभिड- १९ युनिफाइड केन्द्रिय अस्पताल वीरका प्रशासकीय अधिकारीसहित ४ जनाको सरुवा रोकिएको छ । स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जनाको सरुवा रोक्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जम्मेवारी सम्हालिरहनु भएको छ । यस विषयमा आफैंले निर्णय लिने बताउँदै तत्काललाई सरुवा कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको स्रोतको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री स्तरीय निर्णय गर्दै वीरका प्रशासकीय अधिकारी प्राडा.जागेश्वर गौतम, ट्रमा सेन्टरका डा.रुद्र मरासिनी, सार्क क्षयरोग केन्द्रका विवेकलाल कर्ण र फाजिलमा रहनुभएकी रिता भण्डारी जोशीको जिम्मेवारी हेरफेर गरिएको थियो ।

जसअनुसार डा.मरासिनीलाई वीरको प्रशासकिय अधिकारीको जिम्मेवारी दिइएको थियो भने प्राडा.गौतमलाई थापाथलीस्थित प्रसुती अस्पताल सरुवा गरिएको थियो । यस्तै कर्णलाई स्वास्थ्य समन्वय महाशाखा र भण्डारीलाई क्षयरोग केन्द्रको जिम्मेवारी तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री