माओवादी स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय
समयपोष्ट
२०७८ साउन १७ गते १४:२५
नेकपा माओवादी केन्द्रले साउन २० गते तोकिएको केन्द्रीय समिति बैठक १० दिन पछि गर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गर्ने सार्ने निर्णय गरेको हो ।
बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको छ ।त्यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको बताइएको छ ।
प्रतिक्रिया