मंगलबार, ४ वैशाख २०८१

सुत्नुअगाडि मोबाइल चेक गर्छु : नायिका आशिष्मा नकर्मीसंग अन्तरंग संवाद

समयपोष्ट २०७३ साउन २० गते ८:५२

आशिष्मा नकर्मी – नायिका
समय र अवसर मिले कोसँग कफि पिउने मन छ ?
क्यालिन ट्यार्टन
संसारमा प्रलय आएर तपाईंमात्र बाच्नुभयो भने के गर्नुहुन्छ ?
म त डिप्रेस्ड हुन्छु होला ।
सबैभन्दा बढी एसएमएस कसलाई गर्नुहुन्छ ?
पर्टिकुलर्ली यसलाई भन्ने छैन ।
सुत्नुअगाडि के गर्नुहुन्छ ?
मोबाइल चेक गर्छु अनि अलार्म राखेर सुत्छु ।
सबैभन्दा पहिले पुरुषको कुन अंगमा आँखा जान्छ ?
उसको पर्सनालिटी र ड्रेसअप ।
तपाईंलाई बदल्न मन लागेको आफ्नो बानी ?
म छिट्टै सानो कुरामा खुसी हुन्छु अनि सानो कुरामा दुःखी हुन्छु । यो बदल्न पाए राम्रो हुन्थ्यो ।
साथीभाइसँग खाजा खाँदा कत्तिको पैसा निकाल्नुहुन्छ ?
एकदमै धेरै । मलाई साथीहरूले नै गाली गरिराहुन्छ, धेरै पेसा खर्च गरेको भनेर ।
तपाईंको पहिलो कमाइ के गर्नुभयो ?
मैले मेरो मम्मीलाई गिफ्ट किनिदिएकी थिएँ ।
जे मागे पनि भगवान्ले पु¥याइदिने भए के माग्ने मन छ ?
मलाई अहिलेसम्म सबै कुरा पुर्याइदिइरहनुभएको छ । मागेर पुर्याइदिने भए देशको शान्ति नै माग्थें ।
पछिल्लोपटक पाएको उपहार ?
ब्याग ।
तपाईंलाई सबैभन्दा बढी आफ्नोे कुन अंग मन पर्छ ?
मलाई आँखा मन पर्छ ।
तपाईंको पहिरनलाई कसैले सुहाएन भन्दा कस्तो फिल हुन्छ ?
सबैलाई सबै कुरा राम्रो लाग्दैन । म आफूलाई कम्फर्टेबल भयो भने खासै फरक पर्दैन ।
दिनमा कतिपटक ऐना हेर्नुहुन्छ ?
एकदमै कम ।
के काम गर्दा एकदमै बढी खुसी हुनुहुन्छ ?
अरूलाई खुसी पार्न सक्दा अनि विषेशगरी मेरो दुई बहिनी छन्, उनीहरूले चाहेको पु¥याइदिन पाएँ भने म धेरै खुसी हुन्छ ।
तपाईंको अगामी योजना ?
अरू राम्रो–राम्रो प्रोजेक्टमा काम गर्ने, अहिलेलाई यही प्रोजेक्ट भन्ने त छैन । अहिले मैले साइन गरेको मुभी पोस्टपोन्ड भएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री