शनिबार, ५ जेठ २०८१

कोरोनासंग लड्न दैनिक भान्सामा प्रयोग गर्नुहोस् यस्ता चिज

समयपोष्ट २०७७ भदौ १४ गते २०:२०

Advertisement

शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदा मानिसलाई विभिन्न रोगले आक्रमण गर्छ ।

रगतमा डब्लुबिसीको संख्या कम हुँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँने गर्छ । त्यसकारण रोग प्रतिरोधात्मक क्षमता बढाउन हामीले दैनिक लसुन, अदुवा, बदाम, बेसार र अमिला फलफूल खाने गर्नुपर्छ ।

खानामा दैनिक लसुन र अदुवाको प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक छ । यी दुवैमा डब्लुबिसी अर्थात् शरीरको रोग–प्रतिरोधक क्षमता बढाउने तत्व हुन्छ । अदुवाले शरीरमा इन्फ्लेमेसन घटाउन पनि सघाउँछ ।

बदाम प्रोटिन र मिनरल्सको राम्रो स्रोत हो । दैनिक ८–१० दाना बदाम खानाले प्रतिरक्षा प्रणाली बजबुत राख्न मद्दत पुग्छ ।

Advertisement

तरकारीमा बेसारको प्रयोग रंग र स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ । बेसारले हामीलाई ओस्टियोपोरोसिस (हड्डीको कमजोरी), ब्लड प्रेसरजस्ता विभिन्न रोगबाट बचाउँछ ।

बेसारमा हुने कर्क्युमिन तत्व एक राम्रो एन्टिअक्सिडेन्ट हो । यसले शरीरको प्रतिरक्षा शक्ति बढाउँछ । सबैजसो अमिला फलमा भिटामिन सी पाइन्छ । भिटामिन सीले शरीरमा डब्लुबिसीको मात्रा बढाउन मद्दत गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री