शनिबार, १५ वैशाख २०८१

नाफा शून्य भए पनि सेवा हेर्छौं

समयपोष्ट २०७७ भदौ १४ गते ११:०७

Advertisement

राष्ट्रिय बीमा कम्पनी लिमिटेडराष्ट्रिय बीमा कम्पनीको पछिल्लो अवस्था कस्तो छ ?

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २०७१ साल साउन १८ गतेबाट व्यवसाय सुरु गरेको हो । २०२४ साल पुस १ गते राष्ट्रिय बीमा कम्पनी लिमिटेडका रूपमा पहिले स्थापना भएर नेपालको इतिहासमा पहिलोपटक निर्जीवन बीमा व्यवसाय गर्नेगरी कम्पनी स्थापना भएको हो । २०२५ सालमा बीमा संस्थान ऐन आइसकेपछि बीमा संस्थानमा परिवर्तन भयो । २०२९ साल फागुन ११ गतेदेखि यसले विधिवत् रूपमा जीवन र निर्जीवन दुवै बीमा व्यवसाय गर्दै आएको हो । यसको इतिहास ५३ वर्ष लामो छ । यद्यपि यसले कम्पनीका रूपमा २०७१ साल साउन १८ गतेदेखि व्यवसाय सुुरु गरेको हो । व्यावसायिक इतिहास लामो हुँदाहुँदै पनि यसका दुुईवटा पाटा सँगसँगै आएका छन् । एउटा आन्तरिक र अर्को व्यावसायिक पाटो ।

यो नेपाल सरकारको स्वामित्व रहेको एक मात्र निर्जीवन बीमा कम्पनी हो । यसका दोहोरो जिम्मेवारी छन् । पहिलो नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमसँग आफ्ना नीति तथा कार्यक्रम मेल खाने गरी तादात्म्यता मिलाई त्यसै अनुसार आफ्ना नीति तथा कार्यक्रम बनाएर सेवा प्रवाह गर्ने । अर्को प्रतिस्पर्धात्मक बीमा व्यवसायमा आफू पनि खरो उत्रने र व्यावसायिक अभिवृद्धिको माध्यमबाट लगानीकर्तालाई मुनाफा सुनिश्चित गरिदिने हो ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले स्वभावैले आफ्नो व्यवसाय गर्दा मुनाफाको एउटा दृष्टिकोण त राख्छ नै त्यसको अलावा सेवा प्रवाह, सर्वसुुलभ सेवा, ग्रामीण क्षेत्रमा यसको पहुँच कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा पनि आफ्नो ध्यान केन्द्रित गर्दछ । हामीले त्यही अनुसारको संरचना र कार्यक्रम बनाएका छौँ । अहिलेको सङ्घीय संरचना अनुसार यसका आफ्ना साङ्गठनिक संरचना सातै प्रदेशमा रहेका छन् । अहिलेको आवश्यकता अनुसार बीमाको पहुँच विस्तार गरेर तल्लो तहसम्म लैजाने र धेरैभन्दा धेरै नागरिकलाई बीमाको पहुँचभित्र ल्याउने भन्ने नीति छ । विशेषगरी ग्रामीण क्षेत्रका कृषकलाई लघु बीमा, कृषि, पशु बीमाको माध्यमबाट बीमाको दायरामा ल्याउन राष्ट्रिय बीमा कम्पनी लिमिटेडले पनि आफ्नो वार्षिक कार्यक्रममा गर्ने, सङ्घीय संरचनामा बीमाका शाखा विस्तार गर्ने, हामी पुग्न नसकेका स्थानमा एजेन्ट मार्फत कृषक, बीमित, व्यावसायिक प्रतिष्ठान, तीनै तहका सरकारका अङ्गसम्म पुगेर व्यावसायिक सम्बन्ध स्थापना गर्ने र त्यहाँको आवश्यकता अनुसारको बीमा पोलिसी विकास गरेर जारी गर्नेछौँ । निश्चित ट्यारिफभित्र रहेर धेरै मुुनाफामुखी नभई सेवा सर्वसुलभ र पहुँच विस्तार गर्ने हाम्रो उद्देश्य रहेको छ ।

हामी सङ्घीय सरकार अन्तर्गतका निकाय प्रदेश, स्थानीय तहसँग सरकारको लगानी रहेको कम्पनीको नाताले हामी उहाँहरूसँग उहाँहरूकै आवश्यकताका आधारमा पोलिसी विकास गरी सहकार्य गर्न लागिपरेका छौँ ।

अहिले सङ्घीय सरकारले मात्र नभएर प्रदेश र स्थानीय तहले पनि आफ्ना नीति तथा कार्यक्रममा सामाजिक सुरक्षाका कार्यक्रमलाई बढी प्राथमिकता दिएका छन् । हाम्रो संविधानले नै सामाजिक हकहित सुनिश्चित गरेको हुनाले सामाजिक सुरक्षाका कार्यक्रममा ल्याइएको छ । त्यसले गर्दा हामी सङ्घीय सरकार अन्तर्गतका निकाय प्रदेश, स्थानीय तहसँग सरकारको लगानी रहेको कम्पनीको नाताले हामी उहाँहरूसँग उहाँहरूकै आवश्यकताका आधारमा पोलिसी विकास गरी सहकार्य गर्न लागिपरेका छौँ । गत वर्ष मात्र कर्णाली प्रदेशका १७ लाख ७० हजार कर्णालीवासीको विपत्का कारण हुने जोखिमको बीमा गर्यौं । जसबाट कर्णाली प्रदेशमा रहेका १७ लाख ७० हजार नागरिक र त्यहाँ काम गर्ने सरकारी कर्मचारीलाई समेटेको छ । सरकारले परिभाषा गरेको विपत्बाट मानवीय क्षति भयो भने प्रतिव्यक्ति दुई लाख रुपियाँ पाउने व्यवस्था हामीले गरेका छौँ । यो वर्षाको मौसममा कर्णालीका जाजरकोट, कालीकोट लगायतका स्थानमा जुन घटना भएका छन् त्यसको रिपोर्ट आउने क्रममा छ । यस्ता किसिमका कार्यक्रम हरेक प्रदेश, स्थानीय तहसँग समन्वय गरेर हामी अगाडि बढाउँछौँ ।

व्यवसायका कुरा गर्दा तुलनात्मक रूपले २०७१ सालदेखि नै व्यवसाय बृद्धि राम्रो छ । सेवा प्रवाहको हिसाबमा पनि हामी अन्यभन्दा पृथक् नै छौँ । हामी कहाँ आउने जनशक्ति लोक सेवाबाट प्रतिस्पर्धा गरेर आएका हुन्छन् । त्यसकारण उनीहरु स्वभावैले दक्ष एवं प्रतिस्पर्धी हुन्छन् । जसले गर्दा सेवा प्रवाह पनि क्रमशः चुस्त भएको छ । कतिपय सरकारका नीति, बीमा समितिका निर्देशन, निर्देशिकाहरुमा भएका प्रक्रिया सरलीकृत गर्दा सेवा प्रवाह छोटो र छिटो होस् भन्नेमा हामी लागिरहेका छौँ । हाम्रो कम्पनी नीतिगत आधारमा बलियो छ ।

नेपालको इतिहासमा पहिलो पटक निर्जीवन बीमा सुरु गरेको हुनाले सिङ्गो देशमा बीमा व्यवसायको विकास र विस्तार गर्न यो कम्पनीको अहम् भूमिका छ । हामी जति बीमा उद्योग विस्तार गर्दै जान्छौं स्वभावैले यसको जोखिम बहन गर्न पुर्नबीमाको माध्यमबाट जान्छौँ । हाम्रा पुनर्बीमक र पुनर्बीमक ब्रोकर विश्वमै प्रख्यात छन् र पुनर्बीमा ब्याकअप बलियो छ । त्यसकारण हामी ढुक्क छौँ । हामी कुनै बीमितलाई बीमा दाबी कटौती गरेर थोरै दिनुपर्छ भन्ने सिद्धान्तमा छैनौं । यथार्थपरक माग दाबी होस् भन्नेमा विश्वास गर्दछौं । कम्पनीको पुँजी जम्मा २६ करोडको हो तर पनि हामीकहाँ पर्याप्त रिजर्भ छ । बीमितले हामीसँग सहकार्य गर्न सङ्कोच मान्नुपर्ने केही पनि छैन ।

हाम्रा संस्थागत एवं पब्लिक सेयर होल्डरलाई लगानी भए अनुसारको मुनाफा प्राप्त होस भन्नेमा हामी लागिपरेका छौँ । आर्थिक वर्ष २०७३/७४, आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को बार्षिक लेखा परीक्षण आउने दुई महिनाभित्र सम्पन्न गर्नेछौं ।

यो ५३ वर्षको लामो इतिहास बोकेको कम्पनी हो । त्यसमा पनि एउटै संस्थान भित्र रहेर नीर्जिवन तथा जीवन बीमा व्यवसाय गर्दै आएका थियौं, विगत छ वर्षदेखि अलग भएर आएका कारणले गर्दा हाम्रो हिसाब मिलाउने काम बाँकी छ । हिजो संस्थागत रूपमा प्रविधिको त्यति विकास नभएको र म्यानुअल काम बढी भएका कारण विगतदेखि नै उही वर्षमा तत्काल काम नभएको हुनाले काम थाँती रहँदै आएको छ जुन काम गर्न लागिपरेका छौँ । हरहिसाब मिलान गर्ने काम जारी रहेको छ भने थाँती रहेको वार्षिक साधारण सभा आयोजना गर्ने मुख्य कार्य भएको छ । हाम्रा संस्थागत एवं पब्लिक सेयर होल्डरलाई लगानी भए अनुसारको मुनाफा प्राप्त होस भन्नेमा हामी लागिपरेका छौँ । आर्थिक वर्ष २०७३/७४, आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को बार्षिक लेखा परीक्षण आउने दुई महिनाभित्र सम्पन्न गर्नेछौं । अहिले हाम्रो मुख्य कार्यभार भनेको थाँती रहेका काम व्यवस्थित गर्ने र त्यसलाई अद्यावधिक गरेर अगाडि बढ्ने नै छ ।

निर्जीवन बीमा क्षेत्रमा नयाँ कम्पनी थपिएसँगै प्रतिस्पर्धी भएको छ । यो सरकारी कम्पनी भएको हुनाले निजी कम्पनीसँगको प्रतिस्पर्धामा के–कस्ता कठिनाइ छन् ?

हामी निर्जीवन बीमा क्षेत्रमा बीमा समितिले निर्धारण गरेको ट्यारिफअनुसार व्यवसाय गरेका छौं र कतिपय व्यवसाय ननट्यारिफमै छ । बजारले २० वटा कम्पनीको माग गरेको थियो कि थिएन त्यसको बहस छुट्टै होला तर पनि अहिले कार्यरत २० वटा कम्पनीको बजारको पाईको साइज बढ्न सकेको छैन । एउटा पाई त्यही साइजको बीस वटामा बाँड्नुु र १० वटामा बाँड्नुु स्वाभावैले फरक हुन्छ । कम्पनीहरुले राज्यको नीति र आफ्नो कार्यक्रम अनुसार व्यवसाय विस्तार गरेर पाई फराकिलो गर्दैनन् र सानो साइजमा मात्र व्यवसाय गर्न थाल्ने हो भने स्वभावैले त्यहाँ अस्वस्थ प्रतिस्पर्धा हुन्छ ।

हामी बीमक र जिम्मेवार प्रमुख कार्यकारी अधिकृत, यो देशका प्रतिष्ठित नागरिक पनि हौंँ । हामी आफैँले म निश्चित अनुशासनभन्दा बाहिर रहन गए भने विकृति आउँछ भन्ने खालको आत्मानुभूति गरी स्वस्थ्य व्यावसायिक वातावरण बनाउनु पर्दछ ।

निजी क्षेत्रका बीमा कम्पनीसँग सरकारी स्वामित्व रहेको कम्पनीले व्यवसायमा प्रतिष्पर्धा गर्नु भनेको फलामको चिउरा बराबर भएको छ । हामी एउटा निश्चित गाइडलाइन, नीति निर्देशनभन्दा बाहिर केही पनि गर्न सक्दैनौँ । निजी क्षेत्रलाई अलिकति जिम्मेवार बनाउने, अधिकार दिने, निणर्य गर्न स्वतन्त्र छाडिदिने, साधन र स्रोतलाई व्यावसाय प्रवद्र्धनमा खर्च गर्न पनि पाउने खालको स्वतन्त्रता हुन्छ । तर हामी बाँधिनुपरेको हुनाले स्वभावैले व्यवसायमा प्रतिस्पर्धा गर्न चुनौती छ । आजभन्दा २० वर्षअगाडि वित्तीय क्षेत्र यही अवस्थामा थियो । किनकि बैङ्क सीमित थिए । सरकारले बैङ्कको पहुँच बढाउने भनेर जति थपिँदै गए पनि व्यवसाय बाहिर विस्तार भएको थिएन । तर अहिले केन्द्रीय बैङ्क र नेपाल सरकारले ल्याएका नीति तथा कार्यक्रम र कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन राम्रो भएकोले स्वस्थ प्रतिस्पर्धामा जाने वातावरण बनेको छ । ढिलो–चाँडो बीमा उद्योग त्यहीँ रूपमा जानुपर्ने हुन्छ । अहिले अलिकति अस्वस्थ प्रतिस्पर्धा छ । त्यसैले नियमनकारी निकायबाट कडाइका साथमा मूल्याङ्कन साथै अनुुगमन हुनुपर्छ । हामी बीमक र जिम्मेवार प्रमुख कार्यकारी अधिकृत, यो देशका प्रतिष्ठित नागरिक पनि हौंँ । हामी आफैँले म निश्चित अनुशासनभन्दा बाहिर रहन गए भने विकृति आउँछ भन्ने खालको आत्मानुभूति गरी स्वस्थ्य व्यावसायिक वातावरण बनाउनु पर्दछ ।

नेपालमा अझै पनि बीमा जोडबलले नै हुने गरेको छ । सहरका शिक्षित मानिसले नै आफ्नो सम्पत्तिको बीमा गरेको पाइँदैन । बीमालाई स्वतस्फूर्त गराउन के गर्नुपर्छ ?

पहिलो कुरा मानिस सहर, गाउँ जहाँ बसे पनि सरकारी, सङ्गठित, शिक्षित अशिक्षित जे भए पनि आर्थिक रूपमा सबल हुुनुुपर्छ । हाम्रो देशको आर्थिक स्थितिको स्तर हेर्यौं भने आर्थिक रूपमा क्रमशः सबल हुँदै छ ।

सरकारबाट प्रदान गरिने सेवा सुविधामा बीमाका कार्यक्रम जोडिदिने हो भने त्यो एउटा भरपर्दो माध्यम हुनसक्छ । सम्पत्ति बीमाकै कुरा गर्दा राज्य आफैंले पनि आफ्नो सम्पत्तिको बीमा गरेको छैन । त्यति ठूलो सिंहदरबारकै बीमा भएको छैन ।

अर्को दुर्घटना जुन बेला पनि हुन सक्छ । क्षति भइहाले त्यसको परिपूर्ति गर्न सक्दिन । त्यसकारण आयस्रोत अनुसार थोरै बचत गरेर थोरै लगानी गरेर जोखिम कम गर्न सकिन्छ भने किन नगर्ने भन्ने चेतनाको कमी छ । बीमा अनिवार्य छ, जोखिम घटाउँछ गर्नुपर्छ भन्छौँ तर राज्यका कतिपय नीति तथा कार्यक्रमलाई बीमासँग अनिवार्य नबनाएसम्म नबढ्ने रहेछ भन्ने देखिएको छ । जस्तो तेस्रो पक्ष बीमाकै कुरा गरौँ । अनिवार्य गरेपछि बीमा व्यवसायको दायरा पनि फराकिलो भएको छ । जोखिम पनि बहन भयो । अहिले तीन तहको सरकार छ । तल्लो तहबाटै कुनै न कुनै कार्यक्रममा जस्तो सरकारबाट प्रदान गरिने सेवा सुविधामा बीमाका कार्यक्रम जोडिदिने हो भने त्यो एउटा भरपर्दो माध्यम हुनसक्छ । सम्पत्ति बीमाकै कुरा गर्दा राज्य आफैंले पनि आफ्नो सम्पत्तिको बीमा गरेको छैन । त्यति ठूलो सिंहदरबारकै बीमा भएको छैन । नगरपालिकामा कर तिर्न जाँदा, सेवा लिन जाँदा बीमा अनिवार्य गर्न पनि सकिन्छ तर त्यो कत्तिको व्यावहारिक हुन्छ ? नागरिकमा यसको प्रभाव के हुन्छ ? अध्ययन नै गर्नुपर्ने हुन्छ तर ढिलो–चाँडो एउटा उपाय हुन सक्छन् । यसरी बीमाको दायरामा ल्याउन सकिन्छ ।

जतिसुकै खुला अर्थ नीति भनिए पनि एक/दुई वटा यस्ता संस्थालाई सरकारले प्रोत्साहन दिएर विकास गर्न जरुरी छ । अहिले तीन वटा सरकारको लिगेसी जोडिएका बैङ्कलाई नै हेरौँ न । राष्ट्रिय वाणिज्य बैङ्क नम्बर वान् बैङ्क भएको छ ।

राज्यको उपस्थिति भएको क्षेत्रलाई विकास, विस्तार गर्नुपर्ने, जोड दिनुुपर्ने रहेछ भन्ने कुराको आवश्यकता कोभिड–१९ का कारणले अहिले महसुस भएको छ । स्वास्थ्य क्षेत्रले सहयोग गरेन भनियो तर त्यो त राज्यले घोषणा गरेको कुरा हो । निजी बन्द भए तर सरकारी डाक्टर, अस्पताल प्रयोग भए । कम्पनी स्वभावैले नाफाका लागि स्थापना भएका हुन्छन् । लगानीकर्ताले नाफाकै लागि लगानी गरेको हुुन्छ । सीईओ पदाधिकारी नियुक्त भएर आएका हुन्छन् । सीईओलाई बिजनेसको टार्गेट दिएको हुन्छ । उसले त्यसमा बढि ध्यान दिन्छ । सरकारसँग जोडिएको हुनाले हामी नाफा शून्य भए पनि सेवा हेर्छौ । त्यसकारण जतिसुकै खुला अर्थ नीति भनिए पनि एक/दुई वटा यस्ता संस्थालाई सरकारले प्रोत्साहन दिएर विकास गर्न जरुरी छ । अहिले तीन वटा सरकारको लिगेसी जोडिएका बैङ्कलाई नै हेरौँ न । राष्ट्रिय वाणिज्य बैङ्क नम्बर वान् बैङ्क भएको छ । नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क बिग्रिएका बैङ्क थिए तर आज सबै हिसाबले माथि भएका छन् । किनकि सरकारले केही हदसम्म फेभर गरिदियो । आन्तरिक कुरा रिइन्जिनियरिङ ग¥यो । ह्युमन रिसोर्स रिफर्म गर्यो, बिजनेस शैली परिवर्तन गर्यो, ह्युमन रिसोर्स क्यापेबल भए, नयाँ–नयाँ प्रविधि विकास गरियो । ती पोलिसीले सपोर्ट गर्ने बित्तिकै ठूलो भयो । त्यसकारण सरकारको लिगेसी जोडिएका कम्पनीलाई थोरै फेभर गरिदिएर उसको कम्पिटेन्सी बढाइदिने हो भने प्रतिस्पर्धी सेवामा जान्छ ।

वातावरण अनुकूल भयो र स्टेक होल्डर सबैको सहयोग र समन्वय भयो भने केही समयपछि देखिनेगरी थाँती रहेका काम अगाडि बढाई सम्पन्न गरिनेछ ।

अहिले राज्यले कृषि बीमामा धेरै जोड गरिरहेको छ । निजी क्षेत्रका कम्पनीले अलि जोखिमपूर्ण कृषि बीमा आयो भने यो राष्ट्रिय बीमा कम्पनीले गर्ने हो भनेर पठाइदिने रहेछन् । हामी जोखिम छ भनेर छाड्दैनौ । बिजनेस मात्र ठूलो होइन र सरकार कमाएर खान मात्र बसेको होइन । सेवा दिन पनि बसेको हो ।

कम्पनीका आगामी योजना के छन् ?
थाँती रहेका काम यथाशीघ्र सम्पन्न गर्ने, लेखापरीक्षण सक्ने, हिसाब मिलानको काम सकेर वार्षिक साधारणसभा गर्ने रहेको छ । वातावरण अनुकूल भयो र स्टेक होल्डर सबैको सहयोग र समन्वय भयो भने केही समयपछि देखिनेगरी थाँती रहेका काम अगाडि बढाई सम्पन्न गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री