आरती स्ट्रिप्समा थप २१ जना कामदारमा कोरोना पुष्टि, दुई जना फरार

आरती स्ट्रिप्स प्रालीमा थप २१ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्समा बिहीबार २१ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमित कामदारको संख्या ५१ पुगेको छ ।

संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेको बताईएको छ । संक्रमण पुष्टि भएकामध्ये दुई जना फरार रहेको बताईएको छ । फरार भएका संक्रमित भारतीय नागरिक हुन् । संक्रमण पुष्टि भएका कामदारलाई उद्योगभित्रै राखिएको छ । केही कर्मचारी होम आइसोलेसनमा रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री