शुक्रबार, १४ वैशाख २०८१

श्रीदेवीको आँखामा यसकारण हेर्न डराउँथे आमिर

समयपोष्ट २०७७ साउन २९ गते १७:१४

Advertisement

बलिउडकी दिवंगत नायिका श्रीदेवी असाध्यै राम्री थिइन् । विशेषगरी उनको आँखाका थुप्रै प्रशंसक थिए । बलिउड अभिनेता आमिर खान श्रीदेवीका निकै ठूला प्रशंसक हुन् । एक अन्तरवार्तामा उनले श्रीदेवीको आँखामा कहिले पनि हेर्न नसकेको बताएका छन् ।

एक मिडिया संवादको क्रममा उनले श्रीदवीसँग जोडिएको एउटा किस्सा सुनाएका थिए । उनका अनुसार उनले श्रीदेवीसँग एक म्यागेजिन कभरको फोटोसुट गर्नुथियो । यसका लागि उनी निकै उत्साहित थिए ।

आमिरका अनुसार उनले सुटको क्रममा श्रीदेवीलाई आँखामा हेर्न नसकेको बताए किनभने जब उनले श्रीदेवीको आँखामा हेर्दथे तब कतै हराउँथे । उनी श्रीदेवीले यो कुरा थाहा नपाउन् भन्ने चाहन्थे । आमिरले श्रीदेवीलाई उत्कृष्ट नायिकाको पनि उपमा दिएका थिए ।

श्रीदेवीको आँखा निकै सुन्दर थिए । फिल्म ‘निगाहें’ र ‘नगिना’ पछि उनको आँखा निकै चर्चामा रह्यो । फिल्ममा उनले इच्छाधारी नागिनको भूमिका निभाएकी थिइन् । यसका लागि उनले रङ्गीबिरङ्गी लेन्स लगाएकी थिइन् ।

रिपोर्टका अनुसार लेन्स लगाएका कारण उनको आँखामा समस्या आएको थियो । डाक्टरले उनलाई उनको आँखा खराब हुनसक्ने चेतावनी पनि दिएका थिए तर श्रीदेवीले आफ्नो भूमिकाका लागि आँखालाई नै जोखिममा पारिन् । उनी सेटमा आँखामा हाल्ने औषधी लिएर जाने गर्दथिन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री