बिहीबार, १५ चैत २०८०

एनएलजी इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश बाँड्ने

समयपोष्ट २०७७ साउन २५ गते १७:१२

Advertisement

एनएलजी इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

साउन २३ गतेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी (हकप्रद शेयर बिक्री नभई बाँकी भएको शेयर लिलाम बढाबढ प्रक्रियामा रहेको समेत) १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने बताएको छ।

यस अनुसार इन्स्योरेन्सले ७ करोड १७ लाख २५ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ। यसका साथै, कर प्रयोजनका लागि इन्स्योरेन्सले ०.३७ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री