
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत रामको आर्दश र प्रेरणाको साथ अगाडी बढिरहेको बताएका छन् । बुधबार भारतको उत्तरी क्षेत्रमा रहेको सहर अयोध्यामा राम मन्दिर निर्माणको लागि आयोजित शिलान्यास र भुमि पुजन कार्यक्रममा बोल्दै मोदीले भगवान् रामले समय र परिस्थिती अनुसार चल्न सिकाएको बताए ।

उनले राम आधुनिकता र परिवर्तनको पक्षधर भएको बताउँदै रामकै आर्दशमा भारत चलेको उल्लेख गरे । प्रधानमन्त्री मोदीले संसारका कतिपय यस्ता देशहरु रहेको जहाँको आस्थामा कुनै न कुनै रुपबाट रामको बास रहेको र अयोध्यामा निर्माण हुँन लागेको राम मन्दिरले करोडौँ नागरिकलाई खुसी तुल्याएको बताए ।

प्रधानमन्त्री मोदीले बुधबार चाँदीको इँटा राखेर मोदीले मन्दिरको शिलान्यास गरेका छन् ।
सन् १९९२ मा हिन्दूहरुले भगवान् रामको मन्दिर रहेको स्थानमा बनाइएको भन्दै मध्यकालीन मस्जिद भत्काइदिएका थिए । यस विषयमा दशकौंँदेखि हिन्दू र मुसलमानको बीचमा यो क्षेत्रको विषयमा विवाद रहँदै आएको थियो । यो जग्गाको विवाद एक शताब्दीभन्दा लामो समयदेखि चल्दै आएको हो । यो भारतको लागि सबैभन्दा ठूलो विवादको रुपमा एक शताब्दीभन्दा लामो समयदेखि देखिँदै आएको थियो ।

गत वर्ष भारतको सर्वोच्च अदालतले उक्त क्षेत्र राम मन्दिर निर्माणको लागि दिनुपर्ने फैसला सुनाएपछि यो विवाद साम्य भएको थियो । अदालतले मस्जिद निर्माणको लागि अर्को स्थानमा जग्गा उपलब्ध गराउने शर्तमा उक्त स्थानमा राम मन्दिर निर्माणको लागि अनुमति दिएको हो ।
यस बीच आज प्रधानमन्त्री मोदीले राम मन्दिरको शिलान्यास गरेका हुन् ।





भिडियो:










प्रतिक्रिया