आइतबार, ६ जेठ २०८१

रियाले पूजापाठको नाममा पाँच पटक निकालेकी थिईन् सुशान्तको अकाउण्टबाट पैसा,परिवारको आरोप: जादु टुना गर्न प्रयोग भयो

समयपोष्ट २०७७ साउन १८ गते १६:२५

Advertisement

सुशान्त सिंह आत्महत्या प्रकरणमा उनकी प्रेमिका रिया चक्रवर्तीलाई लिएर चकित पार्ने खुलासा भएको छ । प्रहरीले कोटक महिन्द्रा बैंकबाट सुशान्तको बैंक खाताको डिटेल निकालेको छ । जसमा पाँच पटक पूजा पाठको लागि भनेर तीन लाख रुपैयाँको पेमेण्ट भएको देखिन्छ । खाताबाट पण्डितलाई समेत पैसा ट्रान्सफर भएको देखिन्छ । सुशान्तको परिवारले रियाले सो रकम सुशान्तलाई जादु टुना गर्न प्रयोग गरेको आरोप लगाएका छन् ।

कोटक महिन्द्रा बैंकबाट २०१९ मे १४ , जुलाई २२ र २ ,८ अनि १५ अगष्टमा सुशान्तको कार्डबाट पूजा पाठ सामाग्रीको लागि भनेर रकम भुक्तानी गरिएको छ । १५ अगष्टबाट भने त्यस किसिमको कार्यको लागि रकम भुक्तानी भएको देखिदैन । भारतीय मिडिया दैनिक भाष्करका अनुसार ९० दिनमा ३.२४ करोड ट्रान्जेक्सन भएको देखिन्छ । १४ अक्टोबर २०१९ मा सुुशान्तको बैंक खातामा ४.६४ करोड रुपैयाँको ब्यालेन्स थियो । जुन ९० दिनमा घटेर १.४ करोड रुपैयाँ रहेको थियो । जति पनि सुुशान्तको खाताबाट पैसा निकालिएको छ अथवा ट्रान्सफर गरिएको छ त्यो सबै प्रेमिका रिया चक्रवर्ती र उनका परिवारको लागि खर्च भएको बताईएको छ ।

Advertisement

१४ अक्टोबर २०१९ मा सुुशान्तको बैंक खातामा ४.६४ करोड रुपैयाँको ब्यालेन्स थियो ।

१४ अक्टोबरमा रियाको भाइ शोविकको खातामा ८१९०१ रुपैयाँ रकमान्तर भएको देखिन्छ । १५ अक्टोबरमा ४.७ लाख रुपैयाँ रियाको भाई शोविकको होटलको खर्चको लागि पठाईएको छ । १५ अक्टोबर २०१९ मै ४.३ लाख रुपैयाँ दिल्लीको होटल ताजमा पठाईएको छ । १८ अक्टोबर २०१९ मा रिया र शोविकको हवाई टिकटको लागि
७६ हजार पठाईएको छ । त्यसको अन्य फरक फरक फरक दिनमा लाखौ रुपैयाँको ट्रान्जेक्सन भएको देखिन्छ । १५ नोभेम्बर २०१९ मा रियाको नाममा डेढ लाख रुपैयाँ ट्रान्जेक्सन भएको छ । २० र २१ नोभेम्बरमा रियाको मेकअप र सपिंगकको लागि ७५ हजार खर्च भएको छ । २४ नोभेम्बर २०१९ मा रियाको सपिंगको लागि २२२२० रुपैयाँ खर्च भएको देखिन्छ । २५ नोभेम्बरमा सोही खाताबाट रियाको भाईको ट्युसन फि भुक्तानी भएको छ । रिया र उनको परिवारको नाममा निकैनै ठूलो अमाउण्ट एक केशको लागि भनेर निकालिएको छ । त्यो के को लागि निकालिएको हो प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री