आइतबार, ६ जेठ २०८१

जब पुर्व प्रेमिका अंकिताले सुशान्तको आत्महत्याको खबर सुनिन्…

समयपोष्ट २०७७ साउन १८ गते १३:५१

Advertisement

सुशान्त सिंह राजपूतकी पुर्व प्रेमिका अंकिता लोखंडेले सुशान्तको मृत्युको खबर सुनेपछि आफुलाई सम्हाल्नै नसकेको बताएकी छिन् ।

भारतीय सञ्चार माध्मसंगको कुराकानीमा उनले ओछ्यानमै सुशान्तको मृत्युको खबर पाएको बताईन् । उनले भनिन्, ‘म खासमा सुतिरहेकी थिएँ । मेरो फोनको घण्टी बज्यो । सायद पत्रकारको थियो, फोन उठाएपछि भनियो, ‘अंकिता तिमीलाई थाहा छ, सुशान्तले त आत्महत्या गरे ’ । उक्त फोन सुनेपछि म पूर्ण रुपमा टुटेँ । कोठाबाट बाहिर निस्किएँ । अनि बेस्सरी रोएँ ।’

उनको मृत्युको खबर पाएको १० मिनेटभित्र सुशान्तले आत्महत्या गरेको फोटो र भिडियो फोनमा आइसकेको उनले बताइन् । सुशान्तले आत्महत्या गरेको चार दिनसम्म उनले घरमा टिभी खोल्न नदिएको पनि बताइन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री