शनिबार, ८ वैशाख २०८१

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

समयपोष्ट २०७७ साउन १७ गते २०:५८

Advertisement

आज थप एक जनाको कोरोना संक्रमणबाट मृत्य भएको छ । वीरगञ्जको बयोधा अस्पतालमा उपचाररत वीरगञ्ज १६ नगवाकी ६८ वर्षीय वृद्ध महिलाको शनिबार दिउँसो मृत्यु भएको हो ।
बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १०:१२ बजे मृत्यु भएको थियो । शुक्रबार अबेर राति आएको रिपोर्टमा मृतक वृद्ध महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको नारायणी अस्पतालका डा.रज सिंहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री