बिहीबार, ६ वैशाख २०८१

विकट गाउँको विद्यालयमा छात्राबास निर्माण हुने

rss २०७६ भदौ १३ गते ११:३०


सीमान्तकृत जातिका रुपमा रहेको चेपाङ जातिको बाहुल्य मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा टाढाबाट घण्टौँ धाएर विद्यालय आउने विद्यार्थीलाई लक्षित गरेर छात्राबास निर्माण गरिने भएको छ । राक्सिराङ ६, सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छात्राबास निर्माणका लागि तीन कठ्ठा जग्गासमेत खरीद गरिसकिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।

Advertisement

खासगरी वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय जनसमुदायको अगुवाइमा काम भइरहेको उहाँले बताउनुभयो । छात्राबास निर्माणमा गाउँपालिकाले पूर्ण सहयोग गर्ने अध्यक्ष उहाँकोे भनाइ छ । छात्राबास निर्माणका लागि आवश्यक जग्गा खरीद गर्न वडा नम्बर ६ का वडाध्यक्ष सिंहलाल चेपाङले आफ्नो छ महीना बराबरको वेतनसमेत हस्तान्तरण गर्नुभएको छ । विद्यालयको छात्राबास भवन निर्माणका लागि जग्गा खरीद गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिराम चेपाङलाई रकम हस्तान्तरण गर्नुभएको स्थानीय युवा समाजसेवी प्रसान्त चेपाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री