बिहीबार, ८ साउन २०८२

बैंकहरुलाई तत्काल शेयर ब्रोकर लाइसेन्स दिन बैङ्कर्स संघको माग

समयपोष्ट २०७६ भदौ ११ गते १३:३२

नेपाल बैङ्कर्स संघले नेपाल स्टक एक्सचेन्जमा प्रकृया पुर्याएर निवेदन दिएका बैंकहरुलाई शेयर ब्रोकरेज लाइसेन्स दिन माग गर्ने निर्णय गरेको छ।

संघको बुधबार बसेको बैठकले सबै प्रकृया पुरा गरी सेवा प्रदान गर्न बैंकहरुले आन्तरिक तयारी समेत पुरा गरेको सन्दर्भमा लाइसेन्स दिने प्रक्रिया स्थगन गरेको भन्दै ब्रोकरेज लाइसेन्स दिन माग गर्ने निर्णय गरेको हो ।

संघको बैठकले मिडियाहरुले बैङ्किङ छवि बिगार्ने गरी समाचार प्रकाशन प्रशारण गरेको आरोप लगाउँदै यस्ता समाचार रोक्न प्रेस काउन्सिलसँग छलफल गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी बैठकले राष्ट्र बैङ्कबाट हालै जारी गरिएको परिपत्र मार्फत औसत व्याजदर अन्तर गणना गर्ने विधि लगायतका अन्य कुराहरुमा गरिएको परिवर्तनले गर्दा बैंकिङ्ग क्षेत्र तथा समस्त अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावका बारेमा संघले नेपाल राष्ट्र बैङ्कलाई लिखित रुपमा जानकारी गराएपनि सो संशोधनको विषयमा पुनः अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री