बिहीबार, ८ साउन २०८२

दशैका लागि १३ अर्बको नयाँ नोट सटही गर्ने राष्ट्र बैंकको तयारी

समयपोष्ट २०७६ भदौ ११ गते १३:१६

राष्ट्र बैंकले दशैका लागि २० दिन अगाडी नै नयाँ नोट बाँड्ने तयारी शुरु गरेको छ ।

यसबर्ष झण्डै १३ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने तयारी भएको बैंकले जनाएको छ । कतिसम्म नयाँ नोट दिने र कति सम्म सटही गर्ने निणर्य भने अझै भइनसकेको बैंकले जनाएको छ । बैंकका अनुसार कुन–कुन स्थानबाट सटही सुविधा दिने भन्ने विषयमा पनि छलफल पछि निर्णय हुने छ।

दशैं र तिहारका लागि मात्र लक्षित गरेर नयाँ नोट सटही गर्दै आएको राष्ट्र बैंकले गत वर्षदेखि मूख्य–मूख्य पर्वमा पनि सटही सुविधा दिन थालेको छ । यसपटक पनि सो सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नयाँ वर्ष, उभौली पर्व, ल्होसार फागुनन्द जयन्ती जस्ता चाडमा सटही सुविधा दिन थालेको छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री