मंगलबार, ११ वैशाख २०८१

कुनै समय आफैलाई मार्न चाहन्थिन नम्रता

समयपोष्ट २०७६ साउन २६ गते १५:२४

Advertisement

अभिनेत्री नम्रता श्रेष्ठले आफ्ना विगतसँग पछुतो नरहेको बताएकी छन् ।

एक अन्तरवार्तामा उनले विगतका कारण नै अहिले आफू यो अवस्थामा र बलियो भएको पनि दाबी गरेकी छन् ।

अहिले आफू डिप्रेशनबाट बाहिरिएको खुलाउँदै उनले ओखति खान छाडेको पनि बताएकी छन् । आफू खुसी हुनुको कारण पनि त्यहि रहेको उनले खुलाएकी छन् ।

डिप्रेशनका कारण एक पटक मनमा आत्महत्या गर्नेसम्मको चरण आएको खुलाएकी उनले बलियो मनस्थिति बनाएर अघि बढेको पनि बताएकी छन् । उनले भनेकी छन्,‘डिप्रेशनका कारण एउटा विन्दुमा आत्महत्या गर्ने कुरा खेलेको थियो । तर बलियो भएँ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री