शनिबार, ८ वैशाख २०८१

नेप्सेमा सुचीकृत कम्पनीलार्इ नवीकरण शुल्क बुझाउन निर्देशन,शुल्क नबुझाए कारोबार रोक्का गरिने

समयपोष्ट २०७४ भदौ १५ गते ७:०१

 नेप्सेले असोज मसान्तसम्म धितोपत्र कारोबारको लागि सुचीकरण भएका कम्पनीहरुलार्इ बार्षिक नवीकण शुल्क बुझाउन निर्देशन जारी गरेको छ । सुचीकरण भएका कम्पनीहरुलार्इ ग्लोबल आइएमइ बैंकमार्फत असोजभित्र शुल्क बुझाउन नेप्सेले निर्देशन दिइएको हो । 

Advertisement

असोज मसान्तसम्म तोकिएको शुल्क नबुझाउने ,वुझाएर नेप्सेलार्इ जानकारी नदिने कम्पनीको कारोबार रोक्का हुँने नेप्सेले जनाएको छ ।  नेप्सेले चालु आर्थिक बर्षको नवीकरण शुल्क कम्पनीको चुक्ता पूँजी अनुसार निर्धारण गरेको छ ।  एक करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीको लागि १५ हजार रुपैयाँ, एक करोडदेखि पाँच करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीको लागि २५ हजार रुपैयाँ, ५ करोडदेखि १० करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीको लागि ३५ हजार रुपैयाँ र १० करोड रुपैयाँभन्दा माथि चुक्ता पूँजी भएका कम्पनीका लागि ५० हजार रुपैयाँ नवीकरण शुल्क तोकिएको छ ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री