बुधबार, १२ वैशाख २०८१

एक्सल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद निश्कासन गर्ने

समयपोष्ट २०७४ भदौ १४ गते ९:३३

एक्सल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ । बैंकको हकप्रदमा भदौ १९ गतेसम्म कायम भएका सेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनको लागि बैंकले भदौ २१ गते बुक क्लोज गर्ने भएको छ।

Advertisement

हाल बैंकको चुक्ता पूँजी ३८ करोड ४५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा बैंकले १५ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

बैंकको प्रति शेयर आम्दामी ३९.७० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६०.६८ रुपैयाँ रहेको छ ।                      

प्रतिक्रिया

सम्बन्धित सामाग्री