‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ बिक्री खुला
सिद्धार्थ क्यापिटलले ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ नामक योजनाको १४ करोड इकाई बिक्री खुला गरेको छ । खुला गरेको १४ करोड इकाई मध्ये २ करोड १० लाख इकाई कोष प्रबर्दक सिद्धार्थ बैंकलाई छुट्याइएको छ । बाँकी ११ करोड ९० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
क्यापिटलले ल्याएको यो चौथो योजना हो। सर्बसाधारण लगानीकर्ताले प्रति ईकाई १० रुपैयाँका दरले १०० ईकाईदेखि एक करोड ४० लाख ईकाईसम्म लगानी गर्नसक्ने छन् । लगानीकर्ता छिटोमा साउन २७ गतेसम्म र त्यस मितिसम्म सबै इकाई बन्द नभएमा भदौ २० गतेसम्म आवेदन दिन सक्ने छन् ।
१० बर्षे बन्दमुखी यस योजनामा पहिलो वर्ष प्रति ईकाई ५० पैसा , दोस्रो वर्षदेखि प्रति ईकाई १ रुपैयाँ, पाँचौ वर्षदेखि नवौ वर्षसम्म १ रुपैयाँ ५० पैसा लाभांश दिने र दशौं वर्षमा २० रुपैयाँ १० पैसा सहित ईकाईधनीलाई पैसा फिर्ता दिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया