बिहीबार, १३ वैशाख २०८१

युनाइटेड इन्स्योरेन्सको बोनस र हकप्रद स्थगित

समयपोष्ट २०७४ भदौ १४ गते ८:४२

युनाइटेड इन्स्योरेन्सले बीमा समितिको निर्देशनमा बोनस र हकप्रद सेयर स्थगित गरेको छ ।  कम्पनीले यसअघि इन्स्योरेन्सले प्रस्ताव गरेको दश प्रतिशत बोनस र बोनसपछिको शतप्रतिशत हकप्रद स्थगित गरेको हो । 

Advertisement

इन्स्योरेन्सले बुधबार सुचना जारी गर्दै  बीमा समितिमा स्वीकृतिको लागि पेश गरेको आर्थिक बर्ष ७२/७३ को आर्थिक प्रतिवेदन परिमार्जन सहित पेश गर्न बीमा समितिले निर्देशन दिएपछि यसअघि प्रस्ताव गरिएको बोनस र हकप्रद स्थगन भएको जनाएको छ । 

बीमा समितिको निर्देशनका कारण यसअघिको प्रस्ताव अर्को निर्णय नभईन्जेलसम्मका लागि स्थगन गरेको जारी सुचनामा उल्लेख छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री