बैंक अफ काठमाडौँको नाफा १ अर्ब ९३ करोड
समयपोष्ट
२०७६ साउन २३ गते ९:२९
बैंक अफ काठमाडौँले गत आर्थिक बर्ष १ अर्ब ९३ करोड खुद नाफा गरेको छ । बैंकले गत बर्ष यसै अवधिमा १ अर्ब ३२ करोड खुद नाफा गरेको थियो ।
बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३० करोड रहेको छ । बैंकको चुक्ता पुंजी ८ अर्ब ६ करोड रहेको छ । ८२ अर्ब ९३ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ७१ अर्ब ७३ करोड रहेको छ ।
यस अवधिमा बैंकको जगेडा कोष ५ अर्ब ९४ करोड रहेको छ। बैंकको ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा २३.३८ प्रतिसतले बढेर ३ अर्ब ७७ करोड पुगेको छ । बैंकको खराब कर्जा १.५ प्रतिशत रहेको छ ।
त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १०.६० गुणा, प्रतिशेयर नेट वर्थ १७३.७२ रुपैयाँ, प्रति शेयर आम्दानी २४.०४ रुपैयाँ, आधार ब्याजदर ९.९८ प्रतिशत, कोषको लागत ७.२६ प्रतिशत , पुँजी पर्याप्तता अनुपात १४.५८ र सीसीडि ७५.८ रहेको छ ।
प्रतिक्रिया