बिहीबार, ६ वैशाख २०८१

रसुवागढी र साञ्जेनको शेयर कारोबार खुल्यो

समयपोष्ट २०७६ साउन २१ गते १२:२३

Advertisement

रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ । साधारण शेयर बाँडफाँड भएको तीन महिनापछि दुबै कम्पनीको शेयर कारोबार मंगलबारबाट खुलेको हो ।

नेप्सेले रसुवागढी हाइड्रोपावर कम्पनीलाई आरएचपिएल (RHPL) र साञ्जेन जलविद्युत कम्पनीको शेयर कारोबारका लागि एसजेसिएल (SJCL) कारोबार संकेत प्रदान गरेको छ । पहिलो सुरुवाती कारोबारका लागि रसुवागढीको न्यूनतम ९७ रुपैयाँ २९ पैसादेखि अधिकतम २९१ रुपैयाँ ८७ पैसासम्मको प्रिओपनिङ प्राइस रेञ्ज निर्धारण गरेको छ।

उता साञ्जेनका लागि न्यूनतम ९६ रुपैयाँ ३२ पैसा देखि २८८ रुपैयाँ ९६ पैसासम्मको प्रिओपनिङ्ग प्राइस रेञ्ज दिएको छ। नेप्सेले कम्पनीको नेटवर्थलाई न्यूनतम र नेटवर्थको ३ गुणासम्मको अधिकतम ओपनिङ्ग रेञ्ज प्रदान गर्दै आइरहेको छ।

आईपीओ निष्काशन पश्चात जनताको जलविद्युत कार्यक्रम अन्तर्गत समेटिएका रसुवागढी र साञ्जेन दुबै चिलिमे हाइड्रोपावरको सहायक कम्पनी हुन्। दुबैले गत वैशाख ६ गतेदेखि १२ गतेसम्म आईपीओ बिक्री गरेर बैशाख १९ गते बाँडफाँट भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री