शनिबार, ८ वैशाख २०८१

‘इन्च्यान्टर मिस टिन–२०१७’ असोजमा

समयपोष्ट २०७४ भदौ १३ गते ६:२२

काठमाडौँ जेसीजको आयोजनामा १५ औँ ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता हुने भएको छ । 

Advertisement

जेसीजले सोमबार बेलुका पत्रकार सम्मेलन गरी आगामी असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा काठमाडौँ जेसीजका अध्यक्ष दीपक भण्डारीले देशभर रहेका १६ देखि १९ वर्षसम्मका युवतीको प्रतिभा प्रष्फुटन गर्नका लागि हरेक वर्ष झैँ यो वर्षपनि मिस टिन प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी काठमाडौँ जेसीजको आयोजनामा १५ औँ ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता हुने भएको छ । 

“सन् १९९४ मा काठमाडौँ जेसीजले मिस नेपाल प्रतियोगिताको आयोजना गरेको थियो । तर सन् २००२ देखि भने मिस टिन प्रतियोगिता आयोजना गर्दै आएको छ,”– अध्यक्ष भण्डारीले भने  ।  

जेसीजका सहसचिव कैलाश श्रेष्ठले सयौँ युवतीबाट छनोट गरी ३० जना युवतीलाई प्रतियोगितामा सामेल गराउन लागिएको जानकारी दिए । मिस टिनमा भाग लिने युवतीले मंगलबारदेखि तालिम लिनेछन् । 

महिलाको प्रतिभा बाहिर ल्याउनुका साथै नेतृत्व विकासमा समेत सहयोग पुग्ने प्रतियोगितामा अहिलेसम्म हजारौँ युवतीले भाग लिइसकेको काठमाडौँ जेसीजले जनाएको छ । रासस   

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री